अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 22:28

क्याम्ब्रिज विश्वविद्यालयमा आउँदो शैक्षिक सत्रको सबै पठनपाठन अनलाइनबाटै हुने

बिआरटीनेपाल २०७७ जेठ ६ गते २१:४६ मा प्रकाशित

विश्वको प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयले आउँदो शैक्षिक सत्रका कुनै पनि कक्षाहरु प्राध्यापक–विद्यार्थीको प्रत्यक्ष उपस्थितिमा सञ्चालन नगर्ने जनाएको छ ।कोरोना भाइरसको महामारीका कारण सावधानी स्वरुप शैक्षिक शत्र २०२०–२१ का सबै कक्षाहरु अनलाइन मार्फत हुने विश्वविद्यालयले घोषणा गरेको हो ।

प्राध्यापकहरु सन् २०२१ को ग्रीष्मदेखि मात्रै प्रत्यक्ष रुपमा कक्षामा उपस्थित हुने छन् ।प्राध्यापकहरु अनलाइनमा उपलब्ध हुने र सामाजिक दूरीका आधारभूत नियमहरु पूरा भएमा सानो समूहमा विद्यार्थीहरुका लागि प्राध्यापक प्रत्यक्ष रुपमै उपलब्ध हुन सक्ने सम्भावना भने रहेको विश्वविद्यालयले जनाएको छ ।

कोभिड–१९ को महामारीका कारण विश्वविद्यालयका क्याम्पसहरु यो सत्र बन्द रहने छन् ।सामाजिक दूरीका सम्बन्धमा बेलायत सरकारबाट हाल जारी भएको सुझाव परिवर्तन भएमा निर्णयमा पुनर्विचार हुने क्याम्ब्रिज विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयलका सबै अध्ययन अध्यापन गएको मार्च मै अनलाइन मार्फत हुन थालेको थियो । विश्वविद्यालयले सबै परीक्षाहरु अनलाईन मार्फत नै लिएको थियो । क्याम्ब्रिज जस्तै म्यानचेस्टर विश्वविद्यालयले पनि आउँदो सत्रमा अनलाईनबाटै कक्षा हुने जनाएको छ। सबै कक्षा अनलाइन मार्फत हुने भएपछि शूल्क पनि परिवर्तन हुन सक्ने विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू