अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

नेपाल–भारत बसेर कालापानी समस्या सुल्झाउन चीनको आग्रह

बिआरटीनेपाल २०७७ जेठ ६ गते २१:४४ मा प्रकाशित

चीनले कालापानीबारे उठेको विवाद नेपाल र भारतको भएकाले संवादबाट सुल्झाउन आग्रह गरेको छ । ‘यो मामला नेपाल र भारतबीचको’ भएको उसले टिप्पणी गरेको छ ।‘नेपाल–भारत दुवैले आपसी मैत्री संवादको उपायद्वारा यो मुद्दा सुल्झाउनेमा चीन विश्वस्त छ,’मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजियानले भन्नुभयो । बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले दुवै देशले एकतर्फी काम रोक्न पनि सुझाउनु भयो ।

उहालाई नेपाल–भारत सीमा विवाद र भारतीय स्थल सेनाका प्रमुख एमएम नरवानेले दिएको ‘नेपालले अरूकै इशारामा लिपुलेक जोड्ने सडकको विरोध गरेको’ भन्ने अभिव्यक्तिमा टिप्पणी गर्न भनिएको थियो । ‘कालापानी विवाद नेपाल र भारतबीचको विवाद हो र हामीले आशा गर्दैछौं दुई देशले मैत्रीपूर्ण छलफलबाट समाधान निकाल्नेछन’, झाओले भन्नुभयो । उहाले एकतर्फी कामले परिस्थितिलाई जटिल बनाउनसक्ने भन्दै नेपाल र भारत त्यस्तो कामबाट टाढै रहनुपर्ने पनि सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू