अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

“अमेरिकामा सङ्क्रमित बढि देखिनु सम्मानको बिषय” – राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७७ जेठ ६ गते २१:४२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस सङ्क्रमित सबैभन्दा धेरै देखिनु सम्मानको कुरा भएको तर्क गर्नुभएको छ ।राष्ट्रपति ट्रम्पले सङ्क्रमितको संख्या बढि देखिनुमा आफ“हरुको कोरोना परीक्षणको अवस्था राम्रो भएको बताउनुभयो । ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पले भन्नुभयो ‘हाम्रो परिक्षण अरुको भन्दा निकै राम्रो छ, यसैले सङ्क्रमितहरु पहिचान भएका हुन्, यसलाई म सम्मानको रुपमा लिन्छु ।’

अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएयता पहिलोपटक मन्त्रीपरिषदको बैठक बोलाउनुभएका ट्रम्पले पत्रकारसँग अमेरिकामा सङ्क्रमितको संख्या विश्वमै सबैभन्दा धेरै रहनु परिक्षण राम्रो हुनु नै भएको बताउनुभएको बीबीसीले जनाएको छ । यो सम्मानको पदक भएको ट्रम्पको भनाई छ । अमेरिकामा अहिलेसम्म १५ लाख ७० हजार पाँच सय भन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा ९३ हजार ५ सय भन्दा धेरैको ज्यान गइसकेको छ ।

अमेरिकामा ३ लाख ६१ हजार भन्दा धेरैसङ्क्रमित निको भएका छन् । कुल संख्याका हिसाबमा अमेरिकामा विश्वमै सबैभन्दा धेरै व्यक्तिको परीक्षण भएको बीबीसीले जनाएको छ । तर कुल जनसंख्या र परीक्षणको दरमा भने अमेरिका १६ औँ स्थानमा छ । आइसल्याण्ड, न्यूजिल्याण्ड, रुस, क्यानडा लगायतका देशमा कुल जनसंख्या र परीक्षणको दर बढि छ ।

प्रतिक्रिया