अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

अंपुन आँधीका कारण बंगलादेशका प्रमुख जलमार्गहरूको सेवा अवरूद्ध

बिआरटीनेपाल २०७७ जेठ ६ गते २१:४१ मा प्रकाशित

अम्पुन चक्रवात आँधीका कारण बंगलादेशका प्रमुख जलमार्गहरूको सेवा अवरूद्ध बनेका छन् । बंगलादेशको आन्तरिक जल यातायात कर्पोरेसनका अनुसार चन्दपुर–शरितपुर, भोला–लक्ष्मीपुर, भेदुरिया–लाहारहट लगायतका जलमार्गहरु प्रभावित बनेका छन् ।

बंगलादेश मौसमविज्ञान विभागले जारी गरेको विशेष बुलेटिनमा अम्पुनले पश्चिम–मध्य बंगाल र वरपरका क्षेत्रमा उत्तरबाट उत्तरपूर्वतर्फ करिब २ सय २५ किलोमिटर प्रतिघन्टाको गतिमा अघि बढेको बताइएको छ ।

अम्पुन उत्तरबाट उत्तरपूर्व दिशा हुँदै मध्यरातमा खुल्ना–चट्टोग्राम पुग्ने र यसको प्रभाव आज साँझसम्म रहनेछ । सुपर साइक्लोनको केन्द्र रहने क्षेत्रमा समुद्रमा निकै उच्च छालहरू आउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू