अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१४ | Colorodo: 08:29

लकडाउन खुकुलो पारेपछि भारतमा कोरोना सङ्क्रमितहरु बढे

बिआरटीनेपाल २०७७ जेठ ६ गते २१:३८ मा प्रकाशित

भारतमा बिभिन्न क्षेत्रहरु छुट्याउँदै लकडाउन खुकुलो बनाएपछि सङ्क्रमितहरु बढेका छन् । केही दिन यतादेखि भारतमा सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ र सङ्क्रमितको सङ्ख्या नघट्नुको मुख्य कारण लकडाउनलाई पछिल्लो पटक खुकुलो बनाइनुलाई लिइएको छ ।

भारतमा गत २४ घण्टामा मात्रै ६ हजार १ सय ४७ मा कोरोना भाइरस पुष्टि भएको छ । एकै दिन १ सय ४६ को मृत्यु भएको छ । भारतमा सङ्क्रमित भने १ लाख ६ हजार पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू