अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

कोरोनाबाट बच्न तरकारी र खानेकुरा राम्ररी सफा गरेर खान डाक्टरको सुझाब

बिआरटीनेपाल २०७७ जेठ ६ गते ७:३० मा प्रकाशित

बाहिरबाट ल्याइएका तरकारी र खानेकुरा राम्ररी सफा गरेर मात्र खान डाक्टरले सुझाब दिएका छन् । कोरोना भाइरस खाद्यवस्तुको सतहमा पनि रहने भएकाले बाहिरबाट ल्याइएका तरकारी र खानेकुरा राम्ररी सफा गरेर खान डाक्टरले सुझाव दिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले खानाका प्याकेटबाट कोरोना भाइरस सर्ने सम्भावना नभएपनि खाद्यवस्तुको सतहमा हुने भाइरस तरकारी र खानेकुरामा पस्न सक्ने भएकाले घरभित्र छिराउँदा सफा गर्न सुझाब दिनुभयो ।

भाइरसलाई बाँच्न आवश्यक पर्ने कोष तरकारी र खानेकुरामा नहुने तर तरकारी र खानेकुराको सतहमा रहेको भाइरस छोएर शरीरमा सर्ने जोखिम भएकोले सफा गरेर मात्र खान डाक्टर देवकोटाले आग्रह गर्नुभयो । थुकको छिटाबाट कोरोना सर्न सक्ने भएकोले व्यक्तिगत दूरी कायम राख्न र समय समयमा हात मिचीमिची साबुनपानीले धुने जस्ता सुरक्षाका उपाय अपनाउन पनि उहाँले सुझाब दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू