अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२० | Colorodo: 06:35

डब्लुएचओ चीनको ‘कठपूतली’ बन्यो : राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७७ जेठ ५ गते २२:१४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) चीनको ‘कठपूतली’ बनेको आरोप लगाउनुभएको छ । डब्लुएचओले भिडियो कन्फ्रेन्सिङ्ग मार्फत दुई दिने सम्मेलन गरिरहेका बेला ट्रम्पको यस्तो टिप्पणी आएको हो । ट्रम्पले डब्लुएचओले निकै खराब सुझाव दिएको पनि बताउनुभयो ।

ट्रम्पले भन्नुभएको छ, ‘डब्लुएचओले हामीलाई अति खराब र डरलाग्दा सुझाव दियो । उ जहिले पनि गलत रह्यो र चीनको मात्रै पक्ष लियो ।’ डब्लुएचओको ७३ औँ वार्षिक स्वास्थ्य सम्मेलनमा ट्रम्प आफै भने सहभागी हुनुभएन । अमेरिकाको तर्फबाट स्वास्थ्य मन्त्री भिडियो मार्फत सहभागी भएको बताईएको छ ।

ट्रम्पले डब्लुएचओले कोरोना भाइरसको संकटको गलत व्यवस्थापन गरेको आरोप लगाउँदै सोही कारण धेरै व्यक्तिको ज्यान गएको बताउनुभयो । अमेरिकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको कामका अपर्याप्त रहेको भन्दै ट्रम्प आफै आलोचनाको केन्द्रमा रहँदै आउनुभएको छ । तर उहाँले लगातार डब्लुएचओ माथि आक्रमण गर्दै आउनुभएको छ ।

डब्लुएचओले चीनमाथि आवश्यक भन्दा बढी विश्वास गरेको आरोप ट्रम्पले लगाउनुभएको छ । चीनले कोरोना भाइरसको महामारीको सुरुवात ढाकछोप गरेको उहाको ठहर छ ् ।अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्का गरिसकेको छ । यस्तै डब्लुएचओले कोरोना भाइरसको महामारी नियन्त्रणमा गरेको प्रयासका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

यसैबीच, डब्लुएचओको वार्षिक बैठकको सुरुवातमा सोमबार चीनका राष्ट्रपति सी जिनपिङले चीन जहिले पनि खुला र पारदर्शी रहेको बताउनुभयो । महामारीपछि कुनै पनि किसिमको अनुसन्धानका लागि चीना तयार रहेको उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू