अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

हङकङ संसदमा तनाव केही सांसदलाई घिसारेर निकालियो

बिआरटीनेपाल २०७७ जेठ ५ गते २२:०८ मा प्रकाशित

हङकङमा चिनियाँ राष्ट्रगानसम्बन्धी प्रस्तावित कानुनमा विवाद हुँदा केही प्रजातन्त्रवादी सांसदलाई घिसारेर सदनबाट बाहिर निकालिएको छ । चिनियाँ राष्ट्रगानको अनादरलाई अपराध मानिने व्यवस्थासम्बन्धि अध्यादेशलाई प्रभावित पार्न सक्ने एक संसदीय समितिको नेतृत्वबारे सांसदहरूबीच विवाद हुँदा अप्रिय अवस्था आएको हो ।

संसद्बाट बाहिर निकालिएका सांसद एडी चुले हङ्कङमा प्रजातन्त्र भएको भए आफुहरुले झगडा गर्नु नपर्ने बताएका छन् । उनले अब संसदभित्र र बाहिर थप भिडन्त हुने बताए । कोरोनाभाइरस महामारीका कारण गत वर्ष शुरु भएको सडक आन्दोलन मत्थर भएका बेला फेरि नयाँ रडाको मच्चिएको हो ।गत साता संसद्का अध्यक्ष चीनपक्षधर सांसद चान किन पोरलाई उक्त समितिको नेतृत्व छान्न निर्वाचन गराउने जिम्मेवारी दिएकामा सोमवार संसद् बस्नुअघि चान २० भन्दा बढी सुरक्षाकर्मी वरिपरि राखेर अध्यक्षको आसनमा बसेका थिए । त्यहीबेला प्रजातन्त्रवादी सांसदहरू उनीतिर जान खोज्दा सुरक्षाकर्मीले रोकेपछि भिडन्तको अवस्था आएको हो ।

सुरक्षाकर्मीहरुले विरोध गर्ने सांसदलाई कम्बलले छोप्न खोजेपछि अरू सांसद प्रतिकारमा उत्रिएका थिए । तनाबका बीचमा एक जना भुइँमा लडेर घाइते भएका थिए । अधिकांश प्रजातन्त्रवादी सांसद बाहिर निकालिएपछि बेइजिङलाई समर्थन गर्ने स्टारी लीलाई उक्त समितिको अध्यक्ष घोषणा गरिएको जनाइएको छ । गत वर्ष सुपुर्दगीसम्बन्धी एउटा विधेयक ल्याउँदा पनि हङ्कङमा यस्तै विरोध र लामो आन्दोलन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू