अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

युवकसितको भिडियो ‘भाइरल’ भएपछि पाकिस्तानमा दुई युवतीको हत्या

बिआरटीनेपाल २०७७ जेठ ५ गते ७:४१ मा प्रकाशित

सामाजिक सञ्जालमा एउटा भिडियो ‘भाइरल’ भएपछि पाकिस्तानमा दुई युवतीको हत्या गरिएको छ । भिडियोमा एक युवकसँग ती युवतीहरु देखिएका थिए । पाकिस्तानको दक्षिण–पूर्वी बजिरिस्तानको एक गाउँमा रहेका दुई युवतीहरुको हत्या गरिएको हो ।

गत वर्ष खिचिएको उक्त भिडियो पछिल्ला दिनमा सार्वजनिक भएपछि उनीहरुको हत्या गरिएको हो । हत्या अभियोगमा एक बुवा र अर्कीकी भाइलाई पक्राउ गरिएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरुलाई परिवारकै सदस्यले हत्या गरेको देखिएको त्यहाँको प्रहरीले जनाएको छ ।

भिडियोमा एक युवकसँग तीनजना युवती देखिएका थिए । भिडियो भाइरल भएपछि समाजमा इज्जत गएको भन्दै हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । यो हत्याकान्डलाई पाकिस्तानमा ‘अर्नर किलिङ’को संज्ञा दिइएको छ । अर्नर किलिङमा समाजमा इज्जत फालेको भन्दै परिवारजनले नै हत्या गर्ने गरेका छन् ।

पाकिस्तानमा बर्षेनी अर्नर किलिङका कारण दर्जनौं महिलाहरुको ज्यान जाने गरेको छ । हत्या गरिएका युवतीहरुको उमेर १६ र १८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू