अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 08:20

नेपालमा कोरोना सङक्रमितको सङ्ख्या ४ सय २ पुग्यो, ३७ जना उपचारपछि निको

बिआरटीनेपाल २०७७ जेठ ४ गते २३:५६ मा प्रकाशित

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ ।  थप २७ जनामा नोबेल कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ सय २ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौँमा ३ र भक्तपुर तथा ललितपुरमा १/१जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

झापाका ९ जना, मोरङ र सुनसरीका १/१ जना, सर्लाहीका २ जना, मनवानपुर, रामेछाप, सिन्धुली र लमजुङका १/१ जनामा र कपिलवुस्तका ४ जना सहित नवलपरासीका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा. देवकोटाले जानकारी दिनुभयो ।

यसैबीच स्वास्थ्य मन्त्रालयले शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरसको परीक्षण गर्न दिने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता देवकोटाले अब लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले आरडीटी र पीसीआर जाँच गराउन सक्ने बताउनुभयो । यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पालना गर्नुका साथै सूचनाको गोपनीयता र नियमित रिपोर्टिङ गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क परीक्षण गर्न दिने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।

नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म २ जनाको ज्यान गएको छ भने संक्रमित ३७ जना उपचारपछि निको भएका छन् । ३६ जिल्लामा फैलिइसकेको कोरोनाको संक्रमणबाट सबैभन्दा बढी प्रदेश नम्बर–५ मा १७६, प्रदेश नम्बर–२ मा १३६, प्रदेश नम्बर–१ मा ५४, वाग्मती प्रदेशमा २७, गण्डकी प्रदेशमा ४, सुदूरपश्चिम प्रदेशमा ५ तथा कर्णाली प्रदेशमा १ जना संक्रमित भएका छन् ।

हाल देशभर २१ हजार ६२३ जना ‘क्वारेन्टाइन’मा तथा ४५७ जना ‘आइसोलेसन’मा रहेका छन् । ४ सय १२ जना संक्रमणको ‘रेडजोन’मा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू