अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१७ | Colorodo: 11:32

The essence of being भनेको के हो ?

डा. दुर्गा दाहाल, “अनुभव” २०७७ जेठ ४ गते १५:०४ मा प्रकाशित

“ Happiness is not by chance; but by choice.”
– Jim Rohn

हाम्रा जीवनमा कतिपय यस्ता प्रश्नहरू आउँछन् जसको उत्तर सरल भएता पनि त्यसलाई वास्तविक अर्थमा अनूदित गर्न कठिन हुन्छ ।

मानिस सर्वश्रेष्ठ प्राणी हो भन्ने कुरामा शङ्का छैन तर त्यसको पुष्टि गर्न हरेक व्यक्तिले सक्तैन । कतिपय मानिसहरू त्यो सर्वश्रेष्ठताबाट च्युत हुन्छन् । उसको वंशाणुगत अवगुण, अशिक्षा र कु- संस्कारबाट अनि वातावरणीय प्रभावबाट त्यो मानिसमा राक्षसीय प्रवृत्ति विकसित हुँदै गएर ऊ असामाजिक बन्छ ।

हामी मानिस सामाजिक प्राणी भएका नाताले हामीमा सामाजिक गुणहरू विद्यमान हुनु ज़रूरी छ । सामाजिक एकता, सद्भाव, सहनशीलता, सदाचार , अनुशासन, अनुशीलन, वैचारिक स्वच्छता, मित्रता आदि कायर गरेर अघि बढ्नु वाञ्छनीय देखिन्छ ।

यी सबै गुणहरू आयत्त गर्नलाई सर्वप्रथम मानिसले आफूमा खुसीको खेती गर्नु पर्‍यो । ख़ुशी आफूले आफैमा निसृत गर्ने कार्य हो । यो अन्य कसैबाट र द्रव्यबाट प्राप्त गर्न सकिने तत्त्व हैन । म क्षणिक खुसीको कुरा गरिरहेको छैन परन्तु वास्तविक र चिरस्थायी खुसी जसले तपाईँलाई जीवन अर्थपूर्ण ढङ्गले बाँच्ने प्रेरणा दिन्छ ।

The essence of being भनेको पनि यही नै हो । तपाईँ आफू भएर बाँच्नुको अर्थ बुझ्नु हो । त्यो सत्यलाई उद्घाटन गर्नु हो । र, त्यसरी नै सद्गुणहरूको खेती गर्दै आफूमा रमाउनु हो । जीवन कति आनन्दमय छ । स्वर्गीय र पारमार्थिक छ ।

यो तन, मन, मुटु र आत्मालाई नियन्त्रणमा राखी अनवरत जीवनको सत्यलाई खोजी गर्नु हो । असल मानवीय गुणहरूलाई जीवनमा समावेश गरी सर्व हिताय; सर्व सुखायको सिद्धान्तमा बाँच्नु हो । कसैप्रति अधर्म नगर्नु हो ।

The essence of being is one’s inborn qualities, characteristics and substance of thoughts and actions.

In other words, essence is defined as the core nature or most important qualities of a person or thing.

यो संसारमा दुई थरीका मानिसहरू छन् । पहिलो थरीकारहरू मानिसहरू मानव सेवामा समर्पित छन् । सदैव अर्काको हित र कल्याणको बारेमा कार्यहरू गर्दछन् । उनीहरू काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य आदिबाट प्रभावित वा नियन्त्रित छैनन् ।

अर्काथरिका मानिसहरू दानवीय प्रवृत्तिका छन् र पर पिडामा रमाउँछन् । उनीहरूले सामाजिक र मानवीय हितका लागि केही सोच्न अथवा गर्न सक्तैनन । जीवनको सारतत्वलाई बुझेका छैनन् र बुझ्न पनि चाहँदैनन् । केवल आफ्नो सुख- सुविधा र सयलका निम्ति उद्यत हुन्छन् ।

तर जीवन बुझ्ने हरूका लागि हरेक दिन एउटा नयाँ जिन्दगीको सुरुवात हो । जीवन यो संसार जस्तै हो । कहिले दिन ; कहिले रात अनि फेरि दिन । कहिले घाम; कहिले छाया तर जीवनलाई हामीले सजिलो बनाउन सक्नु पर्छ । तपाईँको जीवन तपाईँले नै चलाउनु पर्छ र मेरो जीवन मैले । कुरा काट्ने मानिसहरू धेरै भेटिन्छन् तर सही सल्लाह दिने मानिसहरू विरलै पाइन्छन् । अतः जीवनका हरेक मोडहरूमा तपाईँको विवेकपूर्ण निर्णयले महत्त्वपूर्ण अर्थ राख्दछ र जीवनको उँचाइमा पुर्‍याउन सक्छ ।

“Everyday is a new beginning of life ; take a deep breath ; smile and start again.”
– Tiny Buddha

हरेकका जीवनमा अँध्यारा पाटाहरू छन् । संसारका सर्वाधिक चर्चित व्यक्तित्वहरू ठुलो गरिबी, सङ्कट र विघ्न-वाधाबाट आजको यो सफलताको उच्च शिखरमा पुगेका छन् किनभने उनीहरू कहिल्यै हारेनन् र अनवरत लागि रहे । किनभने जीवनमा हार्नु हुँदैन । निरन्तर आफ्नो लक्ष्य उद्देश्य प्राप्तिका लागि लड़ि रहने व्यक्तिले अन्ततोगत्वा सफलता हासिल गर्छ ।

तर स्मरण रहोस्, आफू को हुँ, यो संसारमा मेरो जन्म किन भएको हो र अब मैले के गर्नु पर्छ भन्ने प्रश्नहरूको सही उत्तर जान्नु ज़रूरी छ । त्यसपछि आफूमा अन्तर्निहित सद गुणहरूको खोजी गरी तदनुरूप हिंडनु र आफूमा आफैलाई पाउनु र रमाउनु चैँ ‘ The essence of being’ हो ।

यस्तो व्यक्तिले कुनै समाज, समुदाय, सङ्घ- संस्था, राष्ट्र र अन्तर्राष्ट्रिय जगतलाई पनि नेतृत्व गर्न सक्छ ।

“ A sign of a good leader is not how many followers s/he has but how many leaders s/ he creates.”
– Mahatma Gandhi

तर विडम्बना हाम्रो देशका नेताहरूले भोलिको नेपाल हाँक्ने नेताहरू जन्माएनन्; बरु शक्ति, सत्ता र द्रव्य लोभमै रमाई रहे ।