अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७
| Colorodo: 19:12
परोपकारी संस्था लभ एण्ड सपोर्ट फाउन्डेसनले कोरोनाको कहर सम्बन्धी सचेतनामूलक म्युजिक भिडियो ‘पापी कोरोना’ प्रकाशन गरेको छ ।
गीतकार बुद्धवीर लामाको शब्द तथा इजाज अलिको संगीतरहेको उक्त म्युजिक भिडियोमा नेपाल, भारत, अमेरिका, क्यानडा र अष्टेलियाका नेपाली भाषी कलाकाारहरुको सहभागिता छ ।
कोरोनाको कहरले धर्ती नै आतङ्कित भएको बेला एकसाथ मनोरञ्जन र चेतना विस्तार गर्न सङ्गीतको माध्यमबाट सम्भव हुने निष्कर्षसाथ उक्त म्युजिक भिडियो तयार पारिएको फाउन्डेसनका अध्यक्ष गायक मनोज राईले बताएका छन् ।
अमेरिकाको नर्थ क्यारोलाइनामा मुख्यालय रहेको फाउन्डेसनले नेपाल, भारत र अमेरिकामा सङ्गीत, मनोरञ्जन र परोपकार सम्बन्धी कार्य गरिरहेको छ ।