अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४९ | Colorodo: 17:04

कोरोना महामारीकाबीच जर्मनीमा बुण्डेस लिगा सुरु

बिआरटीनेपाल २०७७ जेठ ३ गते २२:२१ मा प्रकाशित

कोरोना भाइरसको महामारीका कारण रोकिएको बुण्डेस लिगा फुटबल गएरातिबाट सुरु भएको छ । २ महिनाभन्दा धेरै दिनअघिबाट स्थगित भएको जर्मनको बुण्डेस लिगा बन्द रंगशालामा खेलाइएको थियो । रंगशालामा खेलाडीर खुलकुद पदाधिकारी बाहेक कसैलाई प्रवेश गर्न दिएको थिएन । राति भएको पहिलो खेलमा बोरुसिया डर्टमुण्डले एफसी शाल्केलाई पराजित गरेको छ ।

जितसँगै दोस्रो स्थानको बोरुसियाले २६ खेलबाट ५४ अंक जोडेको छ । त्यस्तै उ भन्दा एक खेल कम खेलेको बार्यन म्युनिक ५५ अंकसहित शीर्ष स्थानमा छ । त्यस्तैगरी शनिबार राति नै भएको खेलमा बोरुसिया मोन्च्याङ्ग ग्लाडवाचले फ्र्यांकफर्टलाई ३–१, हेर्था बर्लिनले होफेनहेमलाई ३–० तथा वुल्फबर्गले अगस्बर्गलाई २–१ ले पराजित गरेको छ । त्यस्तै राबी लेइप्जिग र फ्रेइबर्गले १–१ तथा डुसेलडोर्फ र पाडेर्बनले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया