अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

नेपालमा कोरोना सङ्क्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

बिआरटीनेपाल २०७७ जेठ ३ गते १०:३१ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । शनिबार राति बाँकेको नरैनापुर गाउँपालिकाको क्वरेण्टीनमा बसेका युवाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वैशाख ३० गते भारतबाट आएर दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेण्टीनमा बसेका युवाको आइतबार बिहान ज्यान गएको हो । यसबारे थप विवरण आउँन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभएको छ ।

नरैनापुरको विभिन्न क्वरेण्टीनमा बसिरहेका २ सय ६३ जनाको शनिबार नै स्वाब सङ्कलन गरिएको थियो । मृतकका आफन्त र स्थानीयबासीन्दाले भने समयमै अस्पताल पुर्याउन नसकेको कारण युवकको ज्यान गएको दाबी गरेका छन् । स्थानीयबासिन्दाले पीपीईको अभावमा एम्बुलेन्स चालकले अस्पताल पुर्याउन नमानेको आरोप लगाएका छन् । नरैनापुरमा युवकको ज्यान गएसँगै नेपाली सेनाको उपस्थितिमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसअघि गत बिहीबार काभ्रेको धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरीको पनि कोरोनाको कारण ज्यान गएको मन्त्रालयले पुष्टि गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू