अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

बेलायतमा कोरोनाबाट ६३ नेपालीको ज्यान गयो

बिआरटीनेपाल २०७७ जेठ ३ गते ७:२८ मा प्रकाशित

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले दिएको जानकारी अनुसार हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् ।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ छ । गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू