अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

खोप बनोस् या नबनोस् अमेरिका खुल्नुपर्छः राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७७ जेठ २ गते २१:५५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप बने या नबने पनि अमेरिका बन्दमा रहन नसक्ने प्रष्ट पार्नुभएको छ । ह्वाइटहाउसमा पत्रकारहरुसँग यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खोप बन्नसक्ने उल्लेख गर्दै उहाँले केही गरी खोप नबने पनि अर्थतन्त्र सञ्चालन गरिने बताउनुभयो । विज्ञहरुले खोप पत्ता लागेपछि मात्रै अमेरिकालाई पूर्ण रुपमा लकडाउन मुक्त गर्न सकिने बताइरहेका बेला ट्रम्पले यस्तो बताउनुभएको हो ।

ट्रम्पले भन्नुभयो, ‘धेरै अवस्थामा खोप हुँदैन, भाइरस वा फ्लू आउँछ र मानिसहरुले त्यससँग लड्छन् । केही अवस्थामा हामीले खोप कहिल्यै बनाउन सक्दैनौँ, र पनि भाइरस जान्छ ।’ उहाँले युद्धस्तरमा खोप निर्माण अभियान चलिरहेको भन्दै यो दोस्रो विश्व युद्धका बेला विश्वको पहिलो परमाणु हतियार बनाउने प्रयास जस्तै भएको उल्लेख गर्नुभएको छ । यही बर्षभित्र खोप वा औषधि पत्ता लाग्ने बताउँदै आउनुभएका ट्रम्पले खोप नबने पनि अमेरिकीहरु सामान्य जीवनमा फर्किनु पर्ने जिकिर गर्नुभयो । विश्वभर अहिले एक सयभन्दा बढी सम्भावित खोपमा काम भइरहेको छ । केही खोप तथा औषधिहरु मानवीय परीक्षणको चरणमा पुगेका छन् ।

प्रतिक्रिया