अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

अमेरिकामा व्यवसाय पुनःसञ्चालन सम्वन्धी निर्देशिका जारी

बिआरटीनेपाल २०७७ जेठ २ गते २१:५२ मा प्रकाशित

अमेरिकाका स्वास्थ्य अधिकारीहरुले व्यवसाय पुनःसञ्चालन सम्वन्धी निर्देशिका जारी गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि बन्द भएका व्यवसाय तथा कार्यालयहरू सञ्चालनका लागि उनीहरुले निर्देशिका जारी गरेका हुन् । निर्देशिकामा व्यापार व्यवसाय, शैक्षिक संस्थाहरु तथा अन्य संघसंस्था तथा निकायका कार्यालयहरु सञ्चालन सम्वन्धी विषय उल्लेख गरिएको छ ।

न्युयोर्क राज्यको रोग नियन्त्रण तथा न्युनिकरण केन्द्रले जारी गरेको निर्देशिकामा कुनै पनि व्यापार व्यवसाय तथा कार्यालय पुनः सञ्चालन गुर्न पुर्व के, के कुरामा ध्यान दिने र के, के प्रक्रिया पुरा गर्ने भन्नेबारेमा उल्लेख गरिएको छ । विद्यालय, कार्यस्थल, शिविर, शिशु स्याहार केन्द्र, सार्वजनिक यातायत, बार तथा रेष्टुरेन्ट लगायतका लागि केन्द्रित गरिएको केन्द्रले जनाएको छ । निर्देशिकामा चर्च लगायतका धार्मिक स्थलहरुमा अपनाउनु पर्ने सतर्कता तथा सुरक्षाका उपायहरुका बारेमा पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया