अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 13:43

आईसीसी महिला विश्वकप छनोट प्रतियोगिता स्थगित

बिआरटीनेपाल २०७७ वैशाख ३० गते २१:५३ मा प्रकाशित

कोरोना भाईरसको महामारीको कारण श्रीलंकामा तय भएको आईसीसी महिला विश्वकप छनोट प्रतियोगिता स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले हजोे जुलाईमा तय भएको महिला विश्वकप छनोट स्थगित गरिएको जनाएको छ । सन् २०२१ मा न्युजिल्याण्डमा आयोजना हुने विश्वकपका लागि छनोट खेल जुलाई ३ देखि १९ सम्म हुने तालिका रहेको थियो ।

छनोटमा आयोजक श्रीलंकासँगै बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्डस, पाकिस्तान, पपुवा न्युगिनी, थाइल्याण्ड, अमेरिका, वेष्ट इण्डिज र जिम्बावेको सहभागिता रहने तालिका रहेको थियो । उक्त छनोटबाट तीन टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

यस्तै आईसीसीले यू–१९ विश्वकपका लागि युरोपियन छनोट समेत स्थगित गरिएको जनाएको छ । सन् २०२२ मा आयोजना हुने विश्वकपको छनोट डेनमार्कमा हुने तय थियो । छनोट खेल जुलाई २४ देखि ३० सम्म हुने बताईएको थियो । कोरोनाको कारण आईसीसीले यसअघि पुरुषको टेष्ट च्याम्पियनसिप, विश्व क्रिकेट लिगसहित अन्य ठुला प्रतियोगिता स्थगित गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू