अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१६ | Colorodo: 09:31

लन्डनमा नेपाली चेली कन्चन अमात्यलाई “मानवता सेवा पुरस्कार शाही सम्मान”

बिआरटीनेपाल २०७७ वैशाख २९ गते २१:५१ मा प्रकाशित

अमेरिकामा बस्दै आएकी नेपाली चेली कन्चन अमात्यलाई शाही सम्मान साथ मानवता सेवा पुरस्कार प्राप्त भएको छ । काठमाडौँ जावलाखेल स्थायी घर भएकी उनलाई बेलायती शाही परिवारद्वारा मानवता र सामाजिक कार्यमा गरेको असल कामको मुल्यांकन गर्दै उक्त सम्मान गरिएको हो ।

यो सम्मान बेलायती शाही परिवारको एक प्रतिष्ठित नागरिक सम्मान उच्च पुरस्कार हो । उक्त पुरस्कार अमात्यसहित १९ वटा अन्य राष्ट्रहरुका व्यक्तिहरुलाई सम्मान प्रदान गरिएको छ । जसमा बेलायत,क्यानाडा,मलेसिया,नाईजेरिया,तान्जेनिया र भारतका नागरिक समेत रहेका छन् । उक्त पुरस्कार ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाई लर्ड एर्ल स्पेन्सर पुरस्कार समारोहमा वितरण गरिएको थियो ।

अमात्य शीर्ष २० उत्कृष्ट युवाहरूको छनौटमा परेकी थिइन् । उनीहरू समुदायको सेवाका लागि नयाँ पुस्तालाई प्रेरणा र परिचालन गर्ने आफ्नो क्षमता प्रदर्शन गरेका थिए । सम्भवतः उनी यो सम्मान पाउने पहिलो नेपाली युवा नेतृत्व हुन्। अमात्य गत बर्ष २०१९ मा डायना अवार्ड रोल अफ अनर बाट सम्मानित भइसकेकी छिन् । उक्त पुरस्कार कन्चन अमात्यकी आमा कृष्ण अमात्यले ग्रहण गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू