अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५६ | Colorodo: 13:11

पत्रकारसँग विवाद भएपछि पत्रकार सम्मेलन छाडेर हिँडे ट्रम्प

बिआरटीनेपाल २०७७ वैशाख २९ गते २१:५१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि पत्रकारसँग भड्किनुभएको छ । पत्रकारहरुसँग लगातार वादविवाद भएपछि पत्रकार सम्मेलन नै कटौति गरेका ट्रम्प सोमबारको पत्रकार सम्मेलनमा पनि भड्किएको र प्रेस ब्रिफिङ नै छाडेर हिँडेको बताईएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारलाई ओठे जवाफ फर्काउनुभएका ट्रम्प दुई पत्रकारसँग दाहोरो विवादमै उत्रिनुभएको हो ।

अमेरिकी टेलिभिजन नेटवर्क सिबिएस न्यूजकी पत्रकारले सोधेको प्रश्नको बटारिएको उत्तर दिएका ट्रम्पले सिएनएनकी पत्रकारसँग विवादमा उत्रिए र अन्त्यमा सम्मेलन नै छाडेर हिँड्नुभएको हो । अप्रिल २७ पछि पत्रकार सामुन्ने आएका ट्रम्पलाई सिबिएस न्यूजकी पत्रकार वइजी जियाङ्गले हरेक दिन अमेरिकीले ज्यान गुमाएका छन् र संक्रमण पनि बढिरहेको छ तर तपाईँ धेरै परीक्षणको सन्दर्भ मात्र जोडिरहनु हुन्छ यसको के महत्व छ भन्ने प्रश्न गरेकी थिइन् ।

जवाफमा ट्रम्पले ‘यो कुरा मलाई नसोध, चीनसँग सोध’ भन्दै पन्छिन खाज्नुभयो । विश्वभरी मानिस मरिरहेको जिकिर गर्दै ट्रम्पले जियाङ्गलाई भन्नुभयोे, ‘शायद यो प्रश्न मलाई होइन तिम्ले चीनसँग सोध्नु पर्छ । मलाई नसोध । चीनलाई सोध त्यो प्रश्न । यो प्रश्न चीनलाई सोधे शायद तिम्ले अति असामान्य जवाफ पाउने छौ ।’

यति भन्दै ट्रम्पले सिएनएनकी पत्रकार केटलन कोलिन्सलाई प्रश्नका लागि पालो दिनुभयो । तर जियाङ्गले तपाईं मलाई किन यस्तो भनिरहनु भएको भन्दै प्रतिप्रश्न गर्दा ट्रम्पले ‘मैले तिम्लाई नै मात्र भनेको होइन त्यस्तो दुष्ट प्रश्न गर्ने सबैलाई भनेको हो ।’ भन्नुभयो ।

पत्रकार जियाङले आफुल खराब वा दुष्ट मनसायले प्रश्न नसोधेको बताइन् । त्यही बेला पालो कुरेर बसिरहेकी सिएनएनकी पत्रकार कोलिन्सले प्रश्न गर्न खोज्दा ट्रम्पले तिम्ले आफ्नो समयमा प्रशन नसोधको भन्दै अर्कै पत्रकारलाई प्रश्नका लागि आग्रह गनुृभयो । कोलिन्सले आफ्नो पालो रहेकाले प्रश्न गर्न पाउनुपर्ने बताएपछि ट्रम्पले भने पत्रकार सम्मेलन नै छोडेर हिँड्नुभयो । ट्रम्पको पछिल्लो समय बारम्बार पत्रकाहरुसँग विवाद परिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू