अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१४ | Colorodo: 12:29

भारतले गरेको सीमा हस्तक्षेपका विरुद्ध विश्वभरका जनसम्पर्क समितिको संयुक्त विज्ञप्ति

बिआरटीनेपाल २०७७ वैशाख २८ गते २२:२१ मा प्रकाशित

भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको छ । सीमा जस्तो संवेदनशील विषयमा जुन किसिमको हस्तक्षेप भएको छ त्यसको हामी विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरू घोर निन्दा र भर्त्सना गर्दछौँ । साथै सीमा अतिक्रमणका विषयमा नेपाल सरकारले तत्काल कूटनीतिक वार्ता र छलफल गरी पहल गर्नुपर्नेमा विज्ञप्ति मात्र जारी गर्नुले समस्याको समाधान नहुने तथ्यतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै जिम्मेवार ढङ्गले यो विषयको समाधान खोज्न अनुरोध पनि गर्दछौँ ।

विश्वका जुनसुकै कुनामा बसे पनि मूलतः हामी नेपाली हौँ र नेपाल भूमि हाम्रो आत्मा हो । नेपाली भूमिमाथि हुने जुन कुनै अतिक्रमण पनि हाम्रो आत्मामाथि प्रहार हो । हामी हाम्रो आत्माको रक्षाका लागि देश विदेशमा रहनु भएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अपिल गर्दछौँ ।

एक स्वाधीन र सार्वभौम राष्ट्रका लागि आफ्नो सीमामाथि बलमिच्याई भइरहँदा टुलुटुलु हेरेर बस्न सकिन्न । ऐतिहासिक दस्ताबेज,सन्धी र प्रमाणहरूका आधारमा पनि लिपुलेक नेपाली भूमि हो भन्ने प्रस्ट छ । तसर्थ अहिले जे जसरी सीमा मिच्ने र सार्वभौम राष्ट्रको हाम्रो भूगोलमा हस्तक्षेप गर्ने काम भएको छ यसको हामी राष्ट्र,राष्ट्रियता र लोकतन्त्र पक्षधर नेपाली जनसम्पर्क समितिका सबै सदस्यको तर्फबाट घोर निन्दा र भर्त्सना गर्दछौँ ।

सीमाको विषय अति संवेदनशील छ । यो विषयमा कूटनीतिक र राजनीतिक नेतृत्व तहमा तत्काल कुराकानी गर्नु नेपाल सरकारको प्रमुख दायित्व हो । तर राष्ट्रवादको चर्को नारा लगाएर सत्ताको कुर्सीमा विराजमान वर्तमान कम्युनिस्ट सरकारको असली राष्ट्रवादको अनुहार यति बेला उदाङ्गो भएको छ । सरकारको निकम्मापन यो बेला अझ बढी देखियो । यसबाट थप पुष्टि हुन्छ कि वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनीतिक अधिकार गुमाउँदै गएको छ । देशको सीमामाथि यसरी नाङ्गो हस्तक्षेप र आक्रमण हुँदा समेत बोल्न नसक्ने सरकारका प्रतिसमेत खेद व्यक्त गर्दछौँ ।

नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढङ्गले रहनु पर्ने विषयमा सरकारले गम्भीर कूटनैतिक पहलकदमी मार्फत समाधान खोज्न तत्काल अग्रसरता लिनुपर्दछ भन्दै पुनः एक पटक सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।

नेपाली भूमिमाथिको यो हस्तक्षेप र आक्रमणका विरुद्ध सबैले विरोध गरौँ । हामी हाम्रो मातृभूमि नेपालको एक इन्च भूमि पनि कसैले मिच्न पाइनेछैन भन्नेमा खबरदारी गर्न चाहन्छौँ ।
जय नेपाल ।

विश्वभरका जनसम्पर्क समितिका सभापतिहरूको तर्फबाट
१. आनन्द विष्ट, काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं सभापति नेजस अमेरिका
२. बालकृष्ण पाण्डे,काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं सभापति नेजस भारत
३. सीता सापकोटा, सभापति,नेजस बेल्जियम
४. लेखबहादुर गुरुङ, सभापति, नेजस मकाउ
५. पदमसुन्दर गुरुङ, सभापति,नेजस बहराइन
६. खगेश्वर अधिकारी, सभापति, नेजस ईजरायल
७. शिखर खड्का, सभापति, नेजस जर्मनी
८. सीता अर्याल, सभापति, नेजस साईप्रस
९. डा. एलिनी सुबेदी, सभापति,नेजस पोल्यान्ड
१०. शुक्रराज न्यौपाने,सभापति,नेजस आयरल्याण्ड
११. शङ्कर न्यौपाने, कार्यवाहक सभापति, नेजस कतार
१२. आस्था बिन्दु मल्ल, सभापति,नेजस,दक्षिण कोरिया
१३. विनोद घिमिरे,सभापति,नेजस पोर्चुगल
१४. ईन्द्र शर्मा,सभापति,नेजस स्पेन
१५. मीन गुरुङ,सभापति,नेजस हंगकंग
१६. युवराज गुरुङ,सभापति,नेजस बेलायत
१७. बुद्धिप्रकाश ओली,सभापति,नेजस क्यानडा
१८. प्रेमजंग गुरुङ,सभापति,नेजस नेदरल्याण्ड
१९. सुधीर राना, सभापति,नेजस फ्रान्स
२०. जितेन्द्र शाही,सभापति, नेजस नर्वे
२१.चोलाकान्त पंगेनी,सभापति,नेजस मलेसिया
२२. शालिक चापागाई,कार्यवाहक सभापति,नेजस ओमन
२३. भुवानीप्रसाद तिमल्सिना ,सभापति,नेजस युएई
२४. राजेन्द्र रसाइली बिरही,सभापति,नेजस कुवेत
२५. रोशन केसी,सभापति,नेजस जापान
२६. बालकृष्ण सापकोटा,सभापति,नेजस लक्जेम्बर्ग
२७. बुद्धि सागर घिमिरे, सभापति,नेजस न्यूजिल्याण्ड
२८. दीपक रेग्मी,सभापति,नेजस साउदी अरेबिया
२९. नवीन थपलिया,सभापति,नेजस स्विडेन
३०. श्याम सापकोटा,सभापति नेजस स्वीटजरल्याण्ड
३१. कृष्ण गिरी,सभापति,नेजस अस्ट्रेलिया
३२. वीरेन्द्रसिंह कार्की,सभापति,नेजस डेनमार्क
३३. राजनकुमार जमरकट्टेल,सभापति,नेजस चीन
३४. सन्देश केसी, सभापति,नेजस माल्टा

मिति: मे १०,२०२०

 

प्रतिक्रिया