अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०४ | Colorodo: 10:19

अपडेट – मुलुकमा कोरोना संक्रमितको संख्या १३४ पुग्यो, ७६ हजारको कोरोना परीक्षण, ३३ जना उपचारपछि निको

बिआरटीनेपाल २०७७ वैशाख २८ गते २१:५४ मा प्रकाशित

नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको हो । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि, सोमबार अपरान्हसम्म कपिलवस्तुमा १० जना र सप्तरीमा १ जना गरी ११ मा संक्रमण देखिएको थियो । तर, साँझ, पुनः कपिलवस्तुका ६ जना, रुपन्देहीका ६ र बर्दियाका १ जना मा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ ।

मुलुकमा अहिलेसम्म प्रदेश नम्बर ५ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । त्यहाँ ४० जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर १ मा ३५, प्रदेश नम्बर २ मा ३२ र बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा २ , सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।

कोरोना संक्रमणपछि निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्य ३३ पुगेको छ । देशका विभिन्न अस्पतालमा १ सय ५३ जना शंकास्पद बिरामी आइसोलेसनमा उपचाररत् रहेका छन् । प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा २४, प्रदेश नम्बर २ मा ३९, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा १ र प्रदेश नम्बर ५ मा ६३ जना आइसोलेसनमा रहेका छन् ।

गत २४ घण्टामा २ हजार ७ सय ९९ वटा परीक्षण भएका छन् । सोमबारसम्म पिसिआर विधिबाट १७ हजार ८ सय ९ र आरडिटी विधिबाट ५८ हजार ५ सय ४६ वटा परीक्षण भएका छन् । क्वारेन्टाइनमा देशभरी १२ हजार ७ सय १ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू