अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 06:52

युएईमा एकै दिन २२ जना नेपाली कामदारमा कोरोना सङ्क्रमण

बिआरटीनेपाल २०७७ वैशाख २७ गते ७:३३ मा प्रकाशित

सयुक्त अरब इमिरेट्स (युएई) मा एकै दिन २२ जना नेपाली कामदारमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भेटिएको छ । शारजहाको एक सफाइ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारमा कोभिड–१९ सङ्क्रमण देखिएको हो । सङ्क्रमण हुने २२ जनै नेपाली महिला कामदार रहेको गैर आवासीय नेपाली संघ युएईका प्रतिनिधि पासाङ शेर्पाले जानकारी दिनुभयो ।

युएईको दुबईमा मात्र अहिलेसम्म ४४ जना नेपाली कोरोना सङ्क्रमित भएका छन् । जसमध्ये १२ जना उपचार पछि निको भएको, पाँच जना कम्पनी क्वारेन्टाइनमा, दुई जना आफ्नै निवासको क्वारेन्टाइनमा र २५ जनाले दुबई सरकारको क्वारेन्टाइनमा स्वास्थलाभ गरिरहेका छन् ।

गैर आवासीय नेपाली संघ युएईका अध्यक्ष प्रकाश कोईरालाका अनुसार हालसम्म युएईका सबै राज्यमा गरी एकसय ४९ जना नेपाली कोरोना सङ्क्रमित भएका छन् । जसमा २७ जना उपचारपछि निको भएको र ६ जना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू