अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१८ | Colorodo: 17:33

कोरोनाले प्रभाव पारेको क्षेत्रमा खर्च गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई २६ अर्ब दिने

बिआरटीनेपाल २०७७ वैशाख २६ गते २२:०९ मा प्रकाशित

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले नेपाललाई करिब २६ अर्ब रूपैयाँ उपलब्ध गराउने भएको छ । आईएमएफको कार्यकारी बोर्ड बैठकले नेपाललाई कोरोना भाइरसको महामारीले प्रभाव पारेको क्षेत्रमा खर्च गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

उक्त रकमले नेपालको भुक्तानी सन्तुलनमा सहयोग गर्ने अपेक्षा अन्तर्राष्ट्रिय मुद्रा कोषको छ । महामारीका कारण रेमिट्यान्स, पर्यटन र देशभित्रका अन्य आर्थिक गतिविधिमा प्रभाव पर्दा नेपालको आर्थिक वृद्धि, भुक्तानी सन्तुलन र वित्तीय स्थितिलाई कमजोर बनाएकाले त्यसको सुदृढीकरणमा उक्त सहयोग प्रभावकारी हुन सक्ने आईएमएफको विश्वास छ ।

नेपाल सरकारले स्वास्थ्य खर्च बढाउन, वित्तीय प्रणालीमा पर्याप्त तरलता सुनिश्चित गर्न, ऋणको पहुँचमा सहज बनाउनका लागि अन्तर्राष्ट्रिय सहयोगी निकायहरूसँग आर्थिक सहायता माग गरिरहेको छ । बजेटको स्रोत व्यवस्थापनका लागि पनि आन्तरिक स्रोत कमजोर भएको हुँदा सरकारले अन्तर्रा्ष्ट्रिय सहयोग जुटाउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू