अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

गायक प्रेम सेन्चुरीको”परदेशले मलाइ रुवायो”सार्वजनिक

बिआरटीनेपाल २०७७ वैशाख २६ गते २१:१९ मा प्रकाशित

लाखौँ नेपालीहरू आफ्नो जन्मभूमिबाट टाढा बसेर भविष्यका सुनौला सपना बुन्दै कठिन पलहरू गुजारी रहेका छन् । परदेशको कथा पिडा आफ्नै छ,यस्तै यथार्थ कथामा आधारित रहेर गायक प्रेम सेन्चुरीको शब्द/सङ्गीत/स्वरमा नयाँ गीत “परदेशले मलाइ रुवायो” हालसालै सार्वजनिक भएको छ ।आफ्नो देश,घर-परिवार,गाउँ घर-बन पाखा छोडेर परदेशको भूमिमा सहनु परेको एक्लोपन सहितको छटपटी गीतको शब्दमा समेटिएको छ । बिरानो ठाउँमा सुख खोज्दा खोज्दै आधा उमेर बितिसके पनि सुख नभेटिएको र जन्मभूमिको यादले हरपल सताई रहेको हुनाले आफ्नै देश फर्कने बाचा गीतमा गरिएको छ ।

हाल अमेरिकाको न्युयोर्कमा रहेका गायक प्रेम सेन्चुरीले विगत २ दशक अघि देखिको साङ्गीतिक यात्रामा रेडियो नेपाल देखि आफ्नै प्रस्तुतिका गीति एल्बम र फुटकर सबै गरेर दर्जनौँ गीत गाइसकेका छन्, परदेशको व्यस्त दैनिकीमा समेत समय निकालेर गीत-सङ्गीतमा रमाउने प्रेमका अन्य थुप्रै नयाँ गीतहरूको पनि तयारी भई रहेका छन् । प्रेम सेन्चुरीले न्यु योर्क लगायत अमेरिकाका अन्य सहरहरूमा हुने गरेका थुप्रै कार्यक्रमहरूमा आफ्नो साङ्गीतिक प्रस्तुति दिई रहेका छन् ।विगतमा विविध कारणले सुस्ताएको आफ्नो सङ्गीत कर्म अब निरन्तर रूपमा अगाडी बढ्ने कुरा प्रेम सेन्चुरीले जानकारी गराएका छन् । 

प्रतिक्रिया