अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२३ | Colorodo: 13:38

मलेसियाद्धारा भिसा सकिएका नेपालीसहितलाई १४ दिन भित्र स्वदेश फर्कने अवसर

बिआरटीनेपाल २०७७ वैशाख २५ गते २२:०६ मा प्रकाशित

मलेसियाले जनवरी १ देखि भिसा सकिएकालाई लकडाउन सकिएको १४ दिनभित्र टिकटसहित स्वदेश फर्कने अवसर दिने भएको छ । विभागले एक सूचना जारी गर्दै कुनै जरिवाना बिना मे १२ देखि २६ सम्म थप कागजात वा कुनै पास नबनाइ स्वदेश फर्कन चाहनेलाई अवसर दिएको हो ।

मलेसियाले भिसासम्बन्धी लिइएको नयाँ नीतिबारे जानकारी दिँदै क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार त्यस्ता कामदारलाई सीधै टिकट काटेर आफ्नो देश जान अनुमति दिइएको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले डिसेम्बर ३१ भन्दा अगाडि भिसा समाप्त भइसकेका कामदारमाथि भने कारबाही हुने न्यूज २४ लाई जानकारी दिनुभयो ।

एमओसी सुरु हुनुभन्दा अगाडि वा सुरु भएपछि भिसाको म्याद समाप्त भएका कामदारको नवीकरण गर्नुपर्ने भएमा एमओसी समाप्त भएको ३० दिनभित्र आवेदन दिनुपर्ने छ । यस्तै, साउदीले पनि सबै देशका आप्रवासीलाई स्वदेश फर्कन पाउने बाटो खुल्ला गरिदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू