अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

नेपालमा आरडीटी र पीसीआर परीक्षणमा प्रयोग हुने किटको अभाव

बिआरटीनेपाल २०७७ वैशाख २३ गते २१:५५ मा प्रकाशित

नेपालमा आरडीटी र पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षणमा प्रयोग हुने किटको अभाव भएको छ । परीक्षण किट नै अभाव भएपछि देशका केही प्रयोगशालाहरूमा कोरोना परीक्षणको काम रोकिएको छ । विज्ञहरूले पीसीआर विधिबाट कोरोना परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिइरहेका बेला नेपालमा भने परीक्षण किट नै अभाव देखिएको हो ।

तर स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने किटको अभाव नभएको दाबी गर्नुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार विदेशबाट आयात हुनपर्ने स्वास्थ्य सामाग्री समयममा नआउँदा नेपालमा पीसीआर विधिबाट गरिने कोरोना परीक्षणको किट अभाव भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू