अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५३ | Colorodo: 01:08

कीटनाशक झोल मानवस्वास्थ्यका लागि हानिकारक : स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७७ वैशाख २२ गते २१:५८ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमणलाई कम गराउन भन्दै छर्किने कीटनाशक झोलहरू मानव स्वास्थ्यका लागि हानिकारक भएकाले जथाभावी यसको प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मानिसको शरीरमा कोरोना भाइरस प्रवेश गरिसकेको छ भने यस्ता कीटनाशक झोलहरुले नरोक्ने बताउनुभयो ।

बरु यस्ता औषधिले आँखा, मुख, नाक लगायतका संवेदशील अंगमा असर पार्ने हुँदा यस्ता झोलहरु नछर्कन आग्रह गर्नुभयो । डा. देवकोटाले हालसम्म देशभर पीसीआरबाट १३ हजार ६ सय ४० र दु्रत परिक्षणबाट ५० हजार ८४५ जनाको स्वास्थ्य परीक्षण गरिएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू