अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको टप १० मा प्रवेश

बिआरटीनेपाल २०७७ वैशाख २१ गते २२:०० मा प्रकाशित

‘आर्थर गन’को स्टेज नामबाट अमेरिकन आइडलमा ख्याती कमाइरहेका नेपाली गायक दिवेश पोखरेल ’टप १० मा प्रवेश गर्न सफल भएका छन् । आईतबारको ईपिसोडमार्फत उनी प्रतिष्पर्धामा अगाडि बढेका हुन् । पोखरेलले आफ्नो फेसबुक पेजमा आफूलाई टप १० मा पुर्याउने सबैलाई धन्यवाद दिएका छन् ।

उत्कृष्ट १० मा छानिसकेका पोखरेलले संसारभरका नेपालीहरुसँग भोटका लागि आह्वान गर्दै आएका छन् । उनले एउटा छोटो भिडिओ सार्वजनिक गर्दै सबैसँग नेपाली भाषामा पनि भोट मागेका हुन् ।

अमेरिकन आइडलको यो उचाइमा पुग्ने दिवेश पहिलो र एक्लो नेपाली गायक हुन् । उनले अमेरिकन आइडलमा छानिनुअघि नै केही नेपाली गीत गाएर युट्युब मार्फत सार्वजनिक गरिसकेका थिए । ती गीतमा पनि उनले आफूलाई ‘आर्थर गन’को रुपमा नै चिनाएका थिए ।

पोखरेल काठमाडौंमा हुर्किएर उच्च शिक्षाका लागि अमेरिकामा परिवारका साथ बस्दै आएका छन् । यस बीचमा अमेरिकन आइडलका जज र अन्य प्रभावशाली संगीतप्रेमीले उनको गायनको निकै प्रशंसा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू