अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

एक दिवसीय र टी–ट्वान्टी वरीयतामा नेपाल यथावत

बिआरटीनेपाल २०७७ वैशाख १९ गते २१:४६ मा प्रकाशित

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय र टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले निकालेको नयाँ वरीयतामा नेपाल एकदिवसीय र टी–ट्वान्टी दुवैमा यथावत रहेको हो ।

एकदिवसीयमा नेपाल १६ औं स्थानमा रहेको छ भने टी–ट्वान्टीमा १५ औं स्थानमा रहेको छ । एकदिवसीयमा इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो, न्युजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

इंग्ल्यान्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू