अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 22:57

कोरोनाका कारण आप्रवासन प्रक्रियामा छुट नपाइने

बिआरटीनेपाल २०७७ वैशाख १७ गते २२:०२ मा प्रकाशित

न्यु योर्क । कोरोना भाइरसका कारण आप्रवासन आवेदन प्रशोधन प्रक्रियामा ढिलाइ भइरहेको छ । तर, त्यसका कारण पर्ने असर कम गर्न आप्रवासीले थप समय नपाउने भएको छ । शुक्रवार सुप्रिम कोर्टले अस्थायी रूपमा बन्द भएको ट्रम्प प्रशासनले पार्ने असर सम्बोधन गर्नका लागि प्रशासन बन्द गर्न गरिएको निर्णय उल्ट्याउन गरिएको अपिल खारेज गरेको छ । यसबाट खास गरी वैधानिक रूपमा बसिरहेका तर, कोरोना भाइरसका कारण सरकारी सुविधा लिन बाध्य आप्रवासीले ग्रिन कार्ड पाउन कठिनाइ बेहोर्नु पर्छ ।

सर्वोच्च अदालतले मतदानका आधारमा यस्तो निर्णय गरेको हो । अदालतमा भएका ९ न्यायधीशमध्ये ५ जना न्यायधीशले मुद्दाको विपक्षमा मतदान गरेपछि ट्रम्प प्रशासनले आफ्नो आप्रवासन नीति निरन्तरता दिन पाउने भएको छ । कनेक्टिकट, न्यु योर्क, भर्मन्ट र न्यु योर्क सिटीले करिब ३ साता अघि ट्रम्प प्रशासन बन्द गर्ने नीतिले आप्रवासीमा पार्ने अवसर उल्ट्याउन माग गर्दै मुद्दा दायर गरेका थिए । ती राज्य र सिटीले कोरोना भाइरस फैलिन रोक्ने बहानामा आप्रवासीलाई स्वास्थ्य सेवा र अन्य सरकारी सुविधा लिनबाट रोकिएको दाबी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू