अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२२ | Colorodo: 12:37

कोरोना भाइरस विरुद्ध बनाइएको रेमडिसिभर नामक औषधि उपयोगी हुने वैज्ञानिकहरुको दावी

बिआरटीनेपाल २०७७ वैशाख १७ गते २१:५५ मा प्रकाशित

कोरोना भाइरस विरुद्ध बनाइएको रेमडिसिभर नामक औषधि उपयोगी हुने वैज्ञानिकहरुले दावी गरेका छन् । अमेरिकाका सरकारी तथा निजी प्रयोगशालाले संयुक्त रुपमा गरेको अध्ययनमा रेमडिसिभर खोप कोरोना विरुद्धको लडाइमा सहयोगी हुने वैज्ञानीकहरूले बताएका हुन् ।

अमेरिकाको ग्लिड विज्ञान र अमेरिकी वरिष्ठ वैज्ञानिक डा.एन्थोनी फाउचीले चीनमा परीक्षण गरिएको रेमडिसिभर खोपले कोरोना संक्रमितलाई ३१ प्रतिशतसम्म निको हुने बताउनुभयो । यो परीक्षण चीन बाहेक अमेरिकाको राष्ट्रिय इन्स्टिच्यूट अफ हेल्थमा पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू