अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२६ | Colorodo: 05:41

गजल

लीलाराज दाहाल २०७७ वैशाख १६ गते २२:१५ मा प्रकाशित

बिझाउँदैन पचिसक्यो गाली आजभोलि
पानी होइन रगत बग्छ खाली आजभोलि ।

इमान जमान मासियो हराए इमानदार
सलबलाउँछन् यताउता जाली आजभोलि ।

समय काल साह«ै अचेल खराब भएको छ
सैतान ठगहरू पाउँछन् ताली आजभोलि ।

सन्त्रास र भयको शासन चल्दै छ अझै
रक्ताम्मे छन् चरी बस्ने डाली आजभोलि ।

फूल फुल्न छोडी सक्यो, उजाड भो वाग
कुर्सी खोस्नै व्यस्त छन् माली आजभोलि ।

 

 

बामगती ११,कर्मैया, सर्लाही

प्रतिक्रिया