अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५० | Colorodo: 15:05

यस वर्ष ‘एन्फा दिवस’ नमनाइने

बिआरटीनेपाल २०७७ वैशाख १५ गते २२:०३ मा प्रकाशित

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्ष ‘एन्फा दिवस’ नमनाउने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड(१९) का कारण एन्फाले वार्षिक रुपमा मनाउँदै आएको ‘एन्फा दिवस’ यस वर्ष नमनाउने भएको हो ।

एन्फाले गत वर्षबाट वैशाख २२ गतेलाई एन्फा दिवसको रुपमा मनाउन थालेको थियो । क्यालेन्डरमा समावेश गर्दै वार्षिक रुपमा एन्फा दिवस मनाउने बताएको एन्फाले कोरोनाको कारण यस पटक रोकिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू