अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०८ | Colorodo: 22:23

कोरोना संक्रमितको आँखाबाट पनि भाइरस फैलन सक्ने खतरा रहेको एक अध्ययनको दावी

बिआरटीनेपाल २०७७ वैशाख १५ गते ७:४२ मा प्रकाशित

कोरोना संक्रमितको आँखाबाट पनि केही हप्तासम्म भाइरस फैलन सक्ने खतरा रहेको एक अध्ययनले देखाएको छ ।इटालीको नेशनल इन्स्टीच्युट फर इम्फेक्सन डिजिज रिसर्चले हालै गरेको अध्ययनले कोरोना संक्रमित व्यक्ति निको भइसक्दा पनि उसको आँखामा २१ दिनपछि भाइरस जिवित रहेको देखाएको हो ।

अध्ययनमा कोरोना संक्रमणबाट निको भएको व्यक्तिको आँखाको रंग गुलाबी र रातो देखिएपछि गरिएको अनुसन्धानबाट भाइरस जिउँदै भएको पाईएको छ । अमेरिकामा केही कोरोना संक्रमितहरुमा अन्य लक्षणहरु देखा नपरे पनि आँखाको रंग गुलाबी र रातो पाईएको थियो ।

यस्ता व्यक्तिहरुको आँसुबाट भाइरस फैलन सक्ने सम्भावना तीब्र रहेको भन्दै सेन्टरले आँखाको रंग परिवर्तन भएकाहरु सबैको परीक्षण आवश्यक रहेको जनाएको छ । विशेष गरी खोक्दा र हाछ्यूं गर्दा कोरोना भाइरस सर्ने भए पनि आँखाबाट सर्ने खतरा पनि बढेको भन्दै सचेत रहन अपिल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू