अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

बालबालिकामा कोरोनाको जाखिम न्यून

बिआरटीनेपाल २०७७ वैशाख १५ गते ७:३६ मा प्रकाशित

विश्वव्यापी महामारी बनेको कोविड–१९ को जोखिम बालबालिकामा निकै न्यून रहेको पाइएको छ । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिका, इटली, स्पने र चीनमा गरिएको अध्ययनमा बालबालिकामा कोरोनाको जोखिम कम भएको पाइएको छ । अमेरिकाको जन हपकिन्स विश्वविद्यालयका अनुसार २० वर्षभन्दा मुनिका बालबालिकामा कोरोनाको संक्रमण कम देखिएको हो ।

बालरोग विशेषज्ञ डा.कृष्ण पौडेलका अनुसार बालबालिकामा अन्य व्यक्तिको तुलनामा आत्मबल बलियो हुनाले उनीहरुमा कोरोनाको जोखिम कम भएको हो । डा.पौडेलले नेपालमा कोरोना संक्रमित देखिएका २० वर्ष मुनिकाहरुको स्वास्थ्य सामान्य रहेको बताउनुभयो ।

डा. पौडेलले लक्षण नदेखिँदापनि आत्तिनुपर्ने अवस्था नरहेको र एक वर्ष मुनिको बालबालिका बढी जोखिममा रहेकाले सतर्क भने हुनुपर्ने बताउनुभयो । नेपालमा हालसम्म कोरोना संक्रमित भएकाहरु २० वर्ष मुनिका ६ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू