अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

कोरोना भाइरस विरुद्धको लडाइमा नेपाल सुधारात्मक अवस्थामा रहेको सरकारको दावी

बिआरटीनेपाल २०७७ वैशाख १४ गते २१:५८ मा प्रकाशित

सरकारले नेपाल दक्षिणपूर्वी एसियामा कोरोना भाइरस विरुद्धको लडाइमा सुधारात्मक अवस्थामा रहेको दावी गरेको छ । ११ मुलुक रहेको दक्षिणपूर्वी एसियामा कोरोनाको अवस्था सुधार हुनेमा नेपाल भुटानपछि दोस्रो स्थानमा छ । भुटानमा हालसम्म ७ जनामा मात्रै कोरोना संक्रमण देखिएका छन् र कसैको पनि मृत्यु भएको छैन ।

नेपालमा संक्रमितको संख्या ५२ पुगे पनि मृत्यु कसैको भएको छैन । ११ दक्षिणपूर्व एसियाका स्वास्थ्य मन्त्री र स्वास्थ्य राज्यमन्त्री स्तरीय भएको भिडियो संवादमा नेपालको अवस्था सुधारात्मक रहेको पाइएको वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित जानकारी दिँदै बताउनुभयो ।

सरकारले पछिल्लो समय कोरोनाको केन्द्रबिन्दु बन्न थालेको प्रदेश १ र २ मा कोरोना परीक्षणको दायरा बढाएको छ । प्रदेश १ को उदयपुर, झापाको दमक, प्रदेश २ को ८ वटै जिल्लामा कोरोना जाँचको दायरा बढाएर नमूना संकलनको काम सुरु गरिएको छ । प्रदेश २ को ८ जिल्लामा गरि १५ सय जनाको नमूना संकलनको लक्ष्य लिइएकोमा हालसम्म एक हजार २६ नमूना संकलन भएको छ । उदयपुरमा ४ सय १३ र झापाको दमकमा ५० जनाभन्दा बढीको नमूना संकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू