अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

चिनियाँ पर्यटकद्धारा देश फर्कने वातावरण मिलाइदिन आग्रह

बिआरटीनेपाल २०७७ वैशाख १४ गते ७:३४ मा प्रकाशित

चिनियाँ पर्यटकहरुले लकडाउनका कारण नेपालमै अलपत्र परेको भन्दै आफ्नो देश जाने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । चिनियाँ पर्यटकहरु आफूहरु आफ्नो घर फिर्ता हुन पाउनुपर्ने भन्दै काठमाण्डौको भृकुटीमण्डपमा रहेको पर्यटन बोर्ड पुगेका हुन् । २५÷३० जनाको संख्यामा रहेका चिनियाँ पर्यटकहरुले ‘हामी घर जान चाहन्छौँ’ लेखिएका ब्यानर बोकेर पर्यटन बोर्ड पुगेका थिए ।

उनीहरुले चीन जानका लागि कुनै पनि उडान नभएको र आफूहरुलाई नेपाल छाड्न कुनै पनि विकल्प नभएकोले अलपत्र परेको बताएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन लागू गरेपछि उनीहरु स्वदेश फिर्ता हुन नपाएका हुन् ।

कोभिड(१९ को महमारी फैलन सक्ने अवस्थालाई ध्यानमा राखेर चिनियाँ सरकारले नेपालमा कुनै पनि चार्टर उडान अनुमति दिन नचाहेकाले पहल गरिदिन आग्रह गर्न उनीहरु नेपाल पर्यटन बोर्डको कार्यालय पुगेका हुन् । यस्तै चिनियाँ दूतावासले पनि घर फिर्ताका लागि कुनै पनि व्यवस्था नगरी होटलमा नै सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू