अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६ | Colorodo: 17:01

चौथो त्रैमासमा तिर्नु पर्ने ब्याजमा सहुलियत प्रदान गर्ने राष्ट्रबैकको घोषणा

बिआरटीनेपाल २०७७ वैशाख १४ गते ७:३३ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले चौथो त्रैमासमा तिर्नु पर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको चौथो त्रयमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने घोषणा गर्नुभएको हो । राष्ट्र बैंकको ६५ औं वार्षिकोत्सवको उपलक्ष्यमा लिखित मन्तव्य सार्वजनिक गर्दै गभर्नर अधिकारीले कोरोना भाइरस कोभिड–१९० बाट अर्थतन्त्रलाई जोगाउन आवश्यक निर्णय चाडै लिइने बताउनुभएको हो ।

कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाउनुका साथै साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी प्रदान गरिने गभर्नर अधिकारीले बताउनुभएको छ ।

यसैगरी सहज ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशाधन गरी ६० अर्ब रुपैयाँको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने पनि उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू