अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 15:55

विश्व बैंक समूहबाट १० करोड डलर ऋण लिने सरकारको निर्णय

बिआरटीनेपाल २०७७ वैशाख १३ गते २२:१५ मा प्रकाशित

सरकारले विश्व बैंक समूहबाट १० करोड डलर ऋण लिने निर्णय गरेको छ ।विश्व बैंक समूहबाट यो ऋण लिनका लागि नेपाल सरकारले वार्ता टोली गठन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति समेत दिई सकेको जनाइएको छ ।

कोरोना महामारीका कारण सरकारी दायित्व बढ्ने भएकाले यस्तो ऋण लिन लागिएको मन्त्रालयले जनाएको हो ।राजस्व संकलन ठप्प भएपछि सरकारले वैदेशिक ऋण तथा सहायता लिने रणनीति बनाएको हो ।

यसअघि सरकारले बजेटरी रुपमा खर्च गर्न पाउने गरी सहुलियत ऋणका लागि एसियाली विकास बैंक एडीबीसँग पनि प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू