अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

“ब्रिटेन गट टयालेन्ट” मा नेपाली मुलका भीम निरौलाको धमाकेदार प्रस्तुति (भिडियो सहित)

बिआरटीनेपाल २०७७ वैशाख १३ गते २२:१४ मा प्रकाशित

रियालिटी सो “ब्रिटेन गट टयालेन्ट” मा नेपाली मुलका ब्रिटिस नागरिक भीम निरौलाले धमाकेदार प्रस्तुति दिएका छन् । प्रतियोगिताका प्रतिष्पर्धी निरौलाले “सण्डे मर्निङ लभ यु” शीर्षकको गीत गाउँदा पुरा स्टेज तातेको थियो । उक्त गीतको छोटो अंश प्रस्तुत भएसंगै निरौलालाई स्टेजमा कोरसले साथ दिएको थियो ।

निर्णायक मध्येका एक सिमोन कोवेलले रातो वर्जर बजाएपनि डेभिड वलियम्स र एलेसा डिसोन लगायतकाले निरौलाको गायकीको भारी प्रशंसा गरेका थिए । वलियम्सले निरौलालाई भनेका छन्, “बेलायती संगीतपे्रमीहरुले तिमीलाई प्रत्येक दिन माया गर्नेछन्” । उनको यो प्रतिक्रियासंगै निर्णायक डिजोन र अमाण्डा होल्डेनले निरौलालाई अर्को चरणमा प्रवेश गरेको घोषणा गरेका छन् ।

रेडियो टाईम्सले जनाएअनुसार निरौलाले स्टेज छोड्दासमेत वलियम्स लगायतका निर्णयकहरुसंगै कोरसले उनको गीत गाईरहेको थियो । नेपालको धनकुटामा जन्मिएका निरौला नेपालको बैंकिङ क्षेत्रमा केही समय काम गरी अध्ययन प्रयोजनको लागि १३ बर्ष अघि बेलायत गएका थिए । ५४ बर्र्षीय निरौला होटेल ब्यवसायी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू