अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 04:42

तीन महिनाको अबधिमा अमेरिकामा कोरोनाबाट ५२ हजार १ सय भन्दा बढीको ज्यान गयो

बिआरटीनेपाल २०७७ वैशाख १२ गते २२:०३ मा प्रकाशित

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ५२ हजार भन्दा बढी पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा हालसम्म कोभिड–१९ बाट कम्तिमा ५२ हजार १ सय ८५ जनाको ज्यान गएको छ ।

अमेरिकामा तीन महिनाको अवधीमा कोभिड–१९ बाट यति धेरैको संख्यामा ज्यान गएको हो । पछिल्लो पटक थाहा भए अनुसार अमेरिकामा गएको फेब्रुअरी ६ मा कोरोना भाइरसका कारण पहिलो व्यक्तिको मृत्यु भएको थियो ।

पछिल्लो केही हप्तादेखि दैनिक दुई हजारको हाराहारीमा मानिसको ज्यान जाने गरेको छ । सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्कको न्यूयोर्क सिटीमा अहिलेसम्म कम्तिमा १६ हजार ६४६ जनाको ज्यान गएको छ ।

हालसम्म संक्रमितको संख्या अमेरिकामा ९ लाख २५ हजार भन्दा बढी पुगेको छ । यस्तै ४६ लाख ९२ हजार भन्दा बढी अमेरिकीमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन परीक्षण गरिने भएको छ ।

प्रतिक्रिया