अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

अमेरिकी संसदद्वारा ४ सय ८४ अर्ब डलरको राहत प्याकेज अनुमोदन

बिआरटीनेपाल २०७७ वैशाख ११ गते २२:०० मा प्रकाशित

अमेरिकी तल्लो सदन हाउस अफ् रेप्रिजेन्टेटिभले ४ सय ८४ अर्ब अमेरिकी डलरको राहत प्याकेजसम्बन्धी विधेयक अनुमोदन गरेको छ । यो राहत प्याकेजको प्याकेजको साना व्यवसायीलाई ऋण दिनु र अस्पताल तथा कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँका लागि आर्थिक सहयोग उपलब्ध गराउनु हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यससम्बन्धी कानुनमा चाँडै हस्ताक्षर गर्ने बताउनुभएको छ ।

यो विधेयकको पक्षमा तीन सय ८८ मत खसेको थियो भने विपक्षमा मात्र पाँच मत खसेको थियो । यो राहत प्याकेज अनुमोदनसँगै अमेरिकी सरकारले कोरोनाविरुद्धको लडाइँमा खर्च गर्ने रकम झण्डै ३० खर्ब अमेरिकी डलर पुगेको बताइएको छ ।

अमेरिकामा गएको मार्चदेखि बेरोजगार भएको दाबी गर्दै आवेदन दिनेहरुको सङ्ख्या दुई करोड ६० लाख नाघेको छ । गएको एक हप्तामा थप ४४ लाख जनाले बेरोजगार भएको दाबी गर्दै आवेदन दिएका हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ । भाइरसबाट अमेरिकामा ८ लाख ८० हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने ४९ हजार ८ सयभन्दा धेरैको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू