अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

अमेरिकी संसदबाट अर्थतन्त्र सुधारका लागि ४४ अर्ब डलर अनुमोदन

बिआरटीनेपाल २०७७ वैशाख ९ गते २२:०४ मा प्रकाशित

अमेरिकी सिनेटले अमेरिकी अर्थतन्त्रमा राहतका लागि ४४ अर्ब डलर खर्च गर्न अनुमोदन गरेको छ । कोरोना भाइरसबाट अर्थतन्त्र प्रभावित भएको भन्दै राहतका लागि अनुमोदन गरेको प्रस्तावलाई यसै हप्ता तल्लो सदनमा पेश गरिएको थियो ।

कोरोना भाइरसको प्रभावका कारण अमेरिकी अर्थतन्त्र सुधारका लागि ल्याइएका अन्य सुधारात्मक प्रस्तावहरुमा भोली मतदान हुने बताइएको छ । एकैसाथ ल्याइएका चारवटा प्रस्तावहरुले अमेरिकामा जारी संकट समाधानका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसैबीच राष्ट्रपति ट्रम्पले सरकारले संसदमा पेश गरेको विधेयक चाँडै स्वीकृत गर्न आग्रह गर्नुभएको छ । उहाँले कोरोना भाइरसका कारण मारमा परेका साना उद्योगीहरुलाई तत्काल राहत उपलब्ध गराउन विधेयक चाँडै पारित बताउनुभयो ।

यसअघि पनि अमेरिकाले कोरोनोका कारण प्रभावित साना व्यवसायलाई करिब ३ खर्ब ५० अर्ब डलर ऋण प्रदान गरिसकेको छ । उक्त ऋणलाई पनि आर्थिक सहायतामा परिणत गर्न सकिने ट्रम्पको भनाइ छ ।

प्रतिक्रिया