अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५० | Colorodo: 05:05

कोरोना भाइरस कृत्रिम होइन, जनावरबाटै सरेको हो– विश्व स्वास्थ्य संगठन

बिआरटीनेपाल २०७७ वैशाख ९ गते ७:१९ मा प्रकाशित

नोवेल कोरोना भाइरसको उत्पति गत डिसेम्बरको अन्त्यतिर चीनमा जनावरबाट भएको र त्यसपछि मानिसमा सरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। अहिलेसम्म प्राप्त प्रमाणहरु अनुसार हाल महामारीको रुप लिएको कोरोना भाइरसको उद्गम थलो जनावर नै रहेको डब्लुएचओले स्पष्ट पारेको हो ।

यसको उत्पादन प्रयोगशालामा भएको वा जानेरै बिस्तार गरिएको भन्ने कुरामा कुनै सत्यता नरहेको मानव स्वास्थ्य सम्बन्धी विश्वव्यापी निगरानी गर्ने संस्था डब्लुएचओले उल्लेख गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको हप्ता कोरोना भाइरसको उत्पादन चीनको वुहान शहरमा रहेको प्रयोगशालाबाट उत्पादन भएको हुन सक्ने भन्दै त्यसको सत्यता थाहा पाउने प्रयासमा आफ्नो प्रशासन बताउनुभएको थियो ।

उहाँले यदि कोरोना भाइरस मानव निर्मित रहेको वा थाहा पाएरै फैलाइएको भए चीनले त्यसको गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी पनि दिनुभएको थियो । तर डब्लुएचओकी प्रवक्ता फाडेला चाइबले जेनेभामा भएको पत्रकार सम्मेलनमा प्राप्त सबै प्रमाणहरुका अनुसार भाइरसको उत्पति जनावरबाटै भएको बताउनुभयो । यसलाई कुनै प्रयोगशाला वा अन्त कतै बनाएर जानी जानी नफैलाईएको उहाको भनाई छ ।

तर भाइरस कसरी मानवसम्म आइपुग्यो भन्ने बारे उहाँले स्पष्ट पानुृभएको छैन । उहाँले उत्पति भएको जनावरबाट जनावरको अर्को प्रजातिमा सरेपछि मात्रै नोवेल कोरोना भाइरसको संक्रमण मानिससम्म आइपुगेको हुन सक्नेमा भने बलियो सम्भावना रहेको उल्लेख गर्नुभयो । यसअघि, वुहानमा रहेको विरोलोजी इन्स्टिच्युडको ल्याबमा भाइरसको निर्माण भएको र त्यहिँबाट बाहिर आएको अभियोग लागेको थियो । सो आरोप विरोलोजीले यसअघि नै खण्डन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू