अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

लकडाउनले मुलुकको राजश्व सङ्कलन प्रभावित

बिआरटीनेपाल २०७७ वैशाख ७ गते २२:०० मा प्रकाशित

लकडाउनको समय बढ्दै जाँदा मुलुकको राजश्व सङ्कलन प्रभावित भएको छ । लकडाउन अर्थात् बन्दाबन्दीको अवधिमा दुई अर्ब मात्रै राजश्व संकलन भएको भन्सार विभागले जनाएको छ । चैतको राजश्व सङ्कलन, कुल लक्ष्यको ३३ प्रतिशत मात्रै भएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताउनुभयो ।

चैतमा भन्सारको सङ्कलन लक्ष्य ३६ अर्ब थियो तर, अहिलेसम्म १२ अर्ब मात्रै सङ्कलन भएको छ । राजस्व सङ्कलनमा ६७ प्रतिशतले कमी आएको महानिर्देशक दाहालले बताउनुभयो । सङ्कलित राजश्वको ठूलो हिस्सा पनि लकडाउनअघिको १० दिनको हो । विभागका अनुसार चैत्रको लकडाउन अवधिमा दुई अर्ब ८५ करोड ६७ लाख ७६ हजार चारसय ४९ रुपैयाँ मात्रै राजश्व उठेको छ । यस अवधिमा तरकारी, पेट्रालियम पदार्थ र औषधिको आयात बढी मात्रामा भएको र यसमा भन्सार दर निकै कम रहेको विभागले जनाएको छ ।

औषधि र स्वास्थ्य सामग्रीमा भन्सार नलाग्ने तथा तरकारीमा पाँच प्रतिशत मात्रै भन्सारदर हुने कारणले राजश्व घटेको विभागले जनाएको छ । कलडाउन अवधिमा भैरहवा, विरगन्ज, विराटनगर, नेपालगन्ज, मेची, जलेश्वर र कृष्णनगरबाट जम्मा ६ हजार ६ सय २८ सवारीसाधन भन्सार प्रवेश गरेका छन् । लकडाउन अवधिमा २० वटा भन्सार कार्यालयबाट आयात निर्यात भएको छ । जनकपुर भन्सारबाट भने कारोबार शून्य रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू