अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५४ | Colorodo: 23:09

अमेरिकामा कोरोनाबाट ४० हजार ५ सयको मृत्यु, दैनिक मृत्यु दर घट्दै

बिआरटीनेपाल २०७७ वैशाख ७ गते २१:५६ मा प्रकाशित

 

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४० हजार ५ सय नाघेको छ ।तर, अघिल्ला दिनहरुको तुलनामा दैनिक मृत्यु दर भने केही घटेको बताईएको छ ।

सोमवार विहानसम्म अमेरिकामा कोरोना भाइरसका कारण ४० हजार ५५५ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । जसमध्ये आइतबार मात्र त्यहाँ कोरोना संक्रमणका कारण १ हजार ५३४ जनाले ज्यान गुमाएका छन् । यसअघि कोरोना संक्रमणबाट दैनिक मृत्यु संख्या (अप्रिल १५ मा) २ हजार ६१८ सम्म पुगेको थियो । शुक्रबार त्यहाँ १ हजार ८६७ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए भने शनिबार यो संख्या अझ घटेर १ हजार ५३४ पुगेको थियो ।

हालसम्म अमेरिकामा कोरोना संक्रमित संख्या ७ लाख ७३ हजार ८ सय ३६ पुगेको छ । आइतबार २५ हजार ५११ जना नयाँ संक्रमित थपिएका छन् । शनिबार पनि त्यहाँ २ हजार ५११ नयाँ संक्रमित फेला परेका थिए । यससँगै हालसम्म ७१ हजारभन्दा बढी कोरोना संक्रमणबाट पूर्ण रुपले निको समेत भइसकेको जनाइएको छ ।

अमेरिकाको सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८ हजार २९८ पुगेको छ । आतइतबार त्यहाँ एकै दिनमा ६२७ जनाको मृत्यु भएको छ भने ६ हजार १७४ नयाँ संक्रमित थपिएका छन् । यससँगै न्यूयोर्कमा मात्रै कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार नाघेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू