अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३२ | Colorodo: 02:47

खोप पत्ता नलागेसम्म टोकियो ओलम्पिक सफल हुन कठिन

बिआरटीनेपाल २०७७ वैशाख ६ गते २२:२१ मा प्रकाशित

कोरोना भाइरसको भ्याक्सिन अर्थात् खोप पत्ता नलागेसम्म २०२१ मा हुने टोकियो ओलम्पिक सफल हुन कठिन रहेको बैज्ञानिकहरुले बताएका छन । यही जुलाईको अन्तिम र अगष्टको पहिलो साता हुने भनिएको टोकियो ओलम्पिक कोराना भाइरसका कारण एक वर्षपछाडि धकेलिएको छ ।

अन्तर्राष्ट्रिय दवावका कारण आइओसी र जापानले टोकियो ओलम्पिक २०२१ मा सारेको हो । तर उपयुक्त भ्याक्सिन पत्ता नलागे सो समयमा पनि ओलम्पिक हुन निकै कठिन रहेको विभिन्न बैज्ञानिकहरुले बताएका छन् । युनिभर्सिटी अफ इडनेबर्गका प्राध्यापक देभी श्रीधरले कोरोनाको भ्याक्सिन आउन समय लाग्ने बताउनुभएको हो । दीर्घकालिन भ्याक्सिन चाँडै आए राम्रो खेलका लागि सजिलो हुने उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू