अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 16:19

विश्वविख्यात कलाकारले कोरोना विरुद्ध ‘फ्रन्ट लाइनर’ को सम्मानमा घरबाटै गरे कन्सर्ट

बिआरटीनेपाल २०७७ वैशाख ६ गते २२:२० मा प्रकाशित

कोरोना भाइरसको विश्वव्यापी महामारी विरुद्ध अग्रपंक्ति (फ्रन्ट लाइन) रहेर काम गरिरहेका स्वास्थ्यकर्मीसहितकाको सम्मानमा विश्व विख्यात कलाकारहरुले विशेष कन्सर्ट गरेका छन् । कोरोनाविरुद्धको ऐब्यवद्धता अन्तरगत कलाकारहरुले घरबाटै प्रस्तुति दिइरहेका हुन् । यसरी गरिएका कन्सर्टहरुको प्रत्यक्ष प्रशारण भइरहेको छ । एल्टन जोन, शेरिल क्रो, एनी लेनोक्स, स्टिभ वान्डर तथा कन्टर्स आयोजक लेडी गागासहितले घरबाटै प्रस्तुति दिएका हुन् ।

रोलिङ्ग स्टोन, बिली आइलिससहितका एक सय भन्दा बढी कलाकार तथा ब्याण्डको सहभागितामा ‘द वन वर्ल्डः टुग्यादर एट होम’ नामक कन्सर्ट भएको हो । कन्सर्टको संयोजन ग्लोबल सिटिजन मुभमेन्ट र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेका हुन् । अमेरिकन टेलिभिजन होस्ट स्टीभन कोलबर्ट, जिमी किमेल र जिमी फालोनले सो कन्सर्ट सञ्चालन गरेका छन् । रोलिङ्ग स्टोनका चारै सदस्य मिक ज्यागर, किथ रिचार्डस, चार्ली वाट्स र रोनी वुडले आ–आफ्नै घरबाटै प्रस्तुति दिईरहेका छन् ।

प्रतिक्रिया