अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१९ | Colorodo: 22:34

चीनको अर्थतन्त्रमा शताब्दी यताकै भारी गिरावट

बिआरटीनेपाल २०७७ वैशाख ५ गते ७:४१ मा प्रकाशित

चीनको अर्थतन्त्रमा शताब्दी यताकै भारी गिरावट आएको छ । आज सार्वजनिक तथ्यांक अनुसार पछिल्लो तीन महिनामा चिनियाँ अर्थतन्त्रमा ६ दशमलव ८ प्रतिशतले गिरावट आएको हो । गत वर्षको सोही अवधिमा वृद्धिदर ६ दशमलव ८ प्रतिशत थियो ।

कोरोना महामारीका कारण चिनियाँ अर्थतन्त्र सन् १९९२ पछि पहिलोपटक खुम्चिएको हो । कोरोना महामारीको केन्द्र बनेको चीनमा अधिकांश उद्योग कलकारखा बन्द गरिएको थियो । अहिले आशिंक सञ्चालनमा छन् । विगत दुई दशकयता चीनको आर्थिक वृद्धिदर औसत नौ प्रतिशतले बढेको थियो ।

पिपुल्स डेलीले चीनले ल्याएको आर्थिक सहायता कार्यक्रमले मुलुकको आन्तरिक माग बढाउने बताएको थियो । तर चिनियाँ निर्यात भने प्रभावित छ । विश्लेषकहरुले चिनियाँ अर्थतन्त्रमा छिटै सुधार आउने सम्भावना कम रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू